FILE PHOTO: Gold bangles are displayed at a jewellery store in Mumbai, India, March 20, 2025. REUTERS/Francis Mascarenhas/File Photo

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बिहीबार) सुन तोलामा २ हजार ९ सय रुपैयाँले घटेर २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन बुधबार सुन ऐतिहासिक रेकर्ड बनाउँदै २ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि ५० रुपैयाँले घटेको छ । महासंघ अनुसार आज चाँदी प्रतितोला ५ हजार ८७० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला ५ हजार ९२० रुपैयाँ कायम थियो । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ६९५ र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।