काठमाडौं । दक्षिण कोरियाको सियोल केन्द्रीय जिल्ला अदालतले पूर्वप्रधानमन्त्री हान डुक सुलाई राजद्रोह (विद्रोह) अभियोगमा २३ वर्षको जेल सजाय सुनाएको छ। सन् २०२४ डिसेम्बरमा तत्कालीन राष्ट्रपति यून सुक योलद्वारा घोषित मार्सल ल लागू गर्न सहयोग गरेको ठहर अदालतले गरेको हो।
अदालतले हानले संवैधानिक दायित्व उपेक्षा गर्दै वैध मन्त्रिपरिषद् प्रक्रिया पूरा नगरी मार्सल ल सहज बनाएको जनाएको छ। फैसलालगत्तै उनलाई अदालतबाटै हिरासतमा लिइएको छ, जुन दक्षिण कोरियाको इतिहासमा पूर्वप्रधानमन्त्रीलाई तुरुन्तै जेल पठाइएको पहिलो घटना हो।

