काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

सोमबार सभापति देउवाको निवास महाराजगञ्जमा सम्पन्न भेटमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ।

भेटवार्तामा अध्यक्ष ओलीसँगै एमालेका महासचिव शङ्कर पोखरेल पनि सहभागी रहनु भएको थियो। देशको वर्तमान राजनीतिक अवस्था, दलहरूबीचको समन्वय तथा आगामी रणनीतिबारे कुराकानी भएको बताइएको छ।