रामेछाप । रामेछाप नगरपालिकाले व्यवस्थित र प्रभावकारी सेवाका लागि सम्बन्धित सबै निकाय र सेवाग्राहीले आआफ्नो जिम्मेवारी पुरा गर्न आग्रह गरेको छ ।
नगरपालिकाले वडाबाट प्राप्त गर्ने सेवा सुविधालाई वडागतरुपमा नै सम्पर्क गर्ने र सबै बालबालिकालाई विद्यालय पठाउन अनुरोध गरेको छ । नगरपालिकाले सूचना जारी गर्दै उक्त आग्रह गरेको हो ।
जन्म, मृत्यु, बसाइसराई, सम्बन्ध विच्छेद, विवाह दर्ता, सम्बन्धी व्यक्तिगत घटना, दर्ता समयमा नै गर्ने, सबैले आआफ्नो घरमा नै शौचालय निर्माण गर्ने, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न आवश्यक योग्यता तथा कागजात बारे सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्ने, राष्ट्रिय भवन सहिताको पूर्णपालना गरी मापदण्ड अनुसार घर निर्माण गर्ने, आमा र बच्चाको सुरक्षाको लागि बर्थिङ सेन्टरमा सुत्केरी गाउँन आग्रह गरेको नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।
त्यस्तै नगरपालिकाले सबै प्रकारको फोहोरलाई एकै ठाउँमा नथुपारी वर्गिकृत गर्दै कुहिने र नकुुहिने फोहोर छुट्याउने, प्लाष्टिकजन्य फोहोर आगोमा नबाल्ने, कुनै पनि व्यावसाय दर्ता गरेर मात्र सञ्चालन गर्ने, आधुुनिक कृषि प्रणाली अपनाइ व्यावसायिक कृषि कार्य गर्ने र उन्नत नश्ल सुधारका पशुपालन गरी रोजगारी सिर्जना गर्ने र सबै सँस्कृति र सभ्यताको जर्गेना गर्दै पहिचानलाई संरक्षण गर्दै सार्वजनिक सम्पत्तिको संरक्षण गर्न रामेछाप नगरापकिकाले सम्बन्धित सबैलाई आग्रह गरेको हो ।

