काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र समर्थन थप सशक्त बन्दै गएको छ। महाधिवेशन प्रतिनिधिहरूमध्ये करिब ६० प्रतिशत र ३० जना जिल्ला सभापतिहरूले विशेष महाधिवेशनको पक्षमा स्पष्ट धारणा सार्वजनिक गरेका छन्।
भृकुटीमण्डप केन्द्रित गतिविधिसँगै पार्टीका नीति, नेतृत्व र संगठनात्मक संरचनाबारे व्यापक छलफल भइरहेको छ। समर्थक प्रतिनिधि तथा जिल्ला सभापतिहरूले पार्टीको वर्तमान चुनौती सामना गर्न विशेष महाधिवेशन अपरिहार्य भएको बताएका छन्।
उनीहरूको भनाइमा आन्तरिक असन्तुष्टि, सांगठनिक कमजोरी र आगामी राजनीतिक कार्यदिशामा स्पष्टता ल्याउन विशेष महाधिवेशन प्रभावकारी माध्यम हुने विश्वास व्यक्त गरिएको छ। लोकतान्त्रिक विधि र आन्तरिक संवादमार्फत पार्टीलाई एकताबद्ध बनाउने अवसर विशेष महाधिवेशनले दिने उनीहरूको दाबी छ।
महाधिवेशन प्रतिनिधि र जिल्ला नेतृत्वबाट खुलेको समर्थनले नेपाली कांग्रेसभित्रको आन्तरिक बहसलाई थप तीव्र बनाएको छ।

