a'6jn,!@ df3M ljBfsL b]jL ;/:jtLsf] k"hf j;Gt k~rdLsf cj;/df a'6jn–*, ;'Vvfgu/df /x]sf] cS;kmf]8{ dfWolds ljBfnodf laxLaf/ ;/:jtL k"hf ub}{ ljBfyL{ . tl:a/ M;'ldqf clwsf/L÷/f;;

काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी (वसन्त पञ्चमी) पर्व आज देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै मनाइने यस दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि बढ्ने जनविश्वास छ।

अक्षरारम्भका लागि शुभ दिन आजको दिनलाई बालबालिकाको शिक्षा आरम्भका लागि सबैभन्दा उत्तम मानिन्छ। विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षर चिनाउने र लेखपढ गर्न सिकाउने (अक्षरारम्भ) परम्परा छ। आजका दिन लेखपढ सुरु गरे राम्रो विद्या आउने धार्मिक विश्वास रहेको छ।

कला र साधनाको सम्मान विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीले आ–आफ्ना कला–साधनाका वस्तु जस्तै: कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा गर्छन्। तान्त्रिकहरूले भने आजकै दिन तन्त्र सिद्धिका लागि तारादेवीको आराधना गर्ने गर्दछन्।

धार्मिक मान्यता र महत्व सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले यसलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ। ऋग्वेदमा वाग्देवीका नामले चिनिने ब्रह्मायणीको पूजाले ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने गान्धर्व पुराणमा उल्लेख छ। सामान्यतया आजको दिनलाई विवाह, व्रतबन्ध र अन्य सामाजिक कार्यका लागि साइत हेर्नु नपर्ने दिन मानिन्छ, यद्यपि यस वर्ष शुक्र अस्त भएकाले शुभकर्महरू भने नगर्ने बताइएको छ।

मन्दिरहरूमा श्रद्धालुको भीड काठमाडौँको स्वयम्भू, मैतीदेवी, गैरीधारास्थित नीलसरस्वती र ललितपुरको लेलेलगायत देशभरका सरस्वती मन्दिरमा बिहानैदेखि भक्तजन र विद्यार्थीको घुइँचो लागेको छ। सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोई निलेमा चेतनाको ज्योति पाइने धार्मिक विश्वास छ।

हनुमानढोकामा वसन्त श्रवण श्रीपञ्चमीकै अवसरमा आज हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान १०:२७ मिनेटको शुभसाइतमा राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गर्ने कार्यक्रम तय भएको छ।