काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेल सहभागी रहने प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
आगामी आइतबार (माघ १८) गते पौडेल जापान भ्रमणमा जाँदैछन् । माघ १८ देखि २१ गतेसम्म जापानमा आयोजना हुने कार्यक्रममा पौडेल सहभागी हुनेछन् ।
नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा राष्ट्रपति पौडेल जापान भ्रमणमा जान लागेका हुन् । नेपाल र जापानबिच सन् १९५६ सेप्टेम्बर १ ९वि.सं.२०१३ भदौ १७० मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

