काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनको राजधानी कीभमा भइरहेका हवाई तथा मिसाइल आक्रमणहरू सात दिनका लागि रोक्न सहमत भएका छन। ट्रम्पको व्यक्तिगत आग्रह र मध्यस्थतापछि यो महत्त्वपूर्ण ‘मानवीय युद्धविराम’ सम्भव भएको हो।
ट्रम्पले ह्वाइट हाउसबाट जारी गरेको प्रेस ब्रिफिङका अनुसार, युक्रेनमा हाल जारी भीषण शीतलहर र माइनस ३० डिग्री पुगेको तापक्रमलाई मध्यनजर गर्दै यो सहमति भएको हो। ट्रम्पले पुटिनसँगको टेलिफोन वार्तामा ऊर्जा पूर्वाधार र सहरहरूमा बमबारी हुँदा लाखौं सर्वसाधारण चिसोका कारण मृत्युको मुखमा पुगेको भन्दै ध्यानाकर्षण गराएका थियो।
ट्रम्पले भनेँ — यो मौसममा मानिसहरू मर्दैछन्, कम्तीमा एक साताका लागि कीभमा बमबारी रोकौँ। उहाँले मेरो प्रस्तावलाई स्वीकार गर्नुभयो,’ ।
जेलेन्स्कीद्वारा स्वागत र कूटनीतिक प्रयास
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्रम्पको यस पहललाई ऐतिहासिक भन्दै स्वागत गरेका छन । उनले यो एक हप्ताको समयमा क्षतिग्रस्त बिजुली र तातो आपूर्ति गर्ने प्रणाली मर्मत गरिने बताएका छन।
यसअघि संयुक्त अरब इमिरेट्सको अबू धाबीमा अमेरिका, रुस र युक्रेनका शीर्ष अधिकारीहरूबीच भएको ‘गोप्य वार्ता’ ले यो सहमतिको जग बसालेको दाबी गरिएको छ।
विश्व समुदायको प्रतिक्रिया
युरोपेली संघ र संयुक्त राष्ट्र संघले यस कदमलाई युद्ध अन्त्यको दिशामा पहिलो आशाको किरण भनेका छन्। यद्यपि, रुसी रक्षा मन्त्रालयले यो सैन्य अभियानको अन्त्य नभएर केवल ‘मानवीय विश्राम’ मात्र भएको स्पष्ट पारेको छ।

