काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि मत दिन योग्य मतदाताको संख्या विवरण सार्वजनिक गरेको छ।

निर्वाचन आयोगका अनुसार फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गरेका नागरिकले यस निर्वाचनमा मतदान गर्न पाउनेछन्। आयोगले सार्वजनिक गरेको विवरणअनुसार फागुन २१ को निर्वाचनमा कुल १ करोड ७९ लाख ३ हजार ९९ मतदाताले मताधिकार प्रयोग गर्नेछन्।

आयोगले ७७ वटै जिल्लाका १६५ निर्वाचन क्षेत्रअन्तर्गतको मतदाता संख्या सार्वजनिक गरेको छ। सो विवरण अनुसार रामेछाप जिल्लामा सबैभन्दा बढी मतदाता रहेका छन्, जहाँ एक लाख ८७ हजार ९५२ मतदाता दर्ता छन्। त्यस्तै, मनाङ जिल्लामा सबैभन्दा कम करिब ७ हजार मतदाता मात्र रहेका छन्।