FILE PHOTO: Gold bangles are displayed at a jewellery store in Mumbai, India, March 20, 2025. REUTERS/Francis Mascarenhas/File Photo

काठमाडौं । नेपाली बजारमा मंगलबार (आज) सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ९०० रुपैयाँले बढेको हो ।

आजको मूल्य प्रतितोला तीन लाख पाँच हजार ५०० रुपैयाँ कायम भएको छ ।

सोमबार (माघ २६) मा सुनको मूल्य प्रतितोला तीन लाख चार हजार ६०० रुपैयाँ थियो ।

त्यसैगरी, चाँदीको मूल्य सामान्य घटेको छ ।

अघिल्लो दिन भने पाँच हजार २५० रुपैयाँ रहेको चाँदी आज पाँच हजार २४० रुपैयाँ तोकिएको छ । तोलामा १० रुपैयाँले घटेको हो ।