FILE PHOTO: Gold bangles are displayed at a jewellery store in Mumbai, India, March 20, 2025. REUTERS/Francis Mascarenhas/File Photo

काठमाडौं । नेपाली बजारमा बुधबार (माघ २८गते) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ११ सय रुपैयाँले बढेको हो ।

आजको मूल्य प्रतितोला तीन लाख ६ हजार ६०० रुपैयाँ तोकिएको छ । हिजो तीन लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको छ ।अघिल्लो दिन प्रतितोला पाँच हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन पाँच हजार २९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।