अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको आणविक विवाद सुल्झाउन निर्णायक मोडमा पुगेको संकेत दिएका छन्। नवनिर्मित ‘बोर्ड अफ पिस’ (शान्ति परिषद्) को उद्घाटन बैठकमा बोल्दै उनले आगामी १० दिनभित्र इरानले अमेरिकासँग सार्थक सम्झौता नगरे ‘नराम्रो परिणाम’ भोग्नुपर्ने कडा चेतावनी दिएका हुन्।
ट्रम्पले आफ्ना विशेष दूतहरू स्टिभ विट्कफ र ज्वाइँ जेरेड कुश्नरले इरानसँग सकारात्मक संवाद गरिरहेको उल्लेख गर्दै अब नतिजा चाहिने बताएका छन्।
अमेरिकाले मध्यपूर्वमा ‘यूएसएस अब्राहम लिङ्कन’ विमानवाहक जहाज तैनाथ गरी सैन्य उपस्थिति बढाएको छ। ह्वाइट हाउसले इरानका आणविक केन्द्रहरूमा नयाँ आक्रमणका विकल्पबारे समेत छलफल गरिरहेको खबर छ।
इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले अमेरिकी युद्धपोतलाई समुद्रको फेदमा पुऱ्याउन सक्ने हतियार आफूहरूसँग रहेको भन्दै सामाजिक सञ्जालमार्फत काउन्टर चेतावनी दिएका छन्।
बीबीसीका अनुसार बेलायतले इरानमाथिको सम्भावित आक्रमणका लागि आफ्नो सैन्य अखडा प्रयोग गर्न अमेरिकालाई अनुमति दिएको छैन।
डेमोक्र्याट सांसद रो खन्ना र रिपब्लिकन थोमस मासीले ुवार पावर्स एक्टु प्रयोग गरी कंग्रेसको अनुमतिबिना युद्ध गर्न नपाइने प्रस्ताव ल्याउने तयारी गरेका छन्। उनीहरूका अनुसार ९ करोड जनसंख्या भएको इरानसँगको युद्ध विनाशकारी हुन सक्छ।
‘इरानसँग सार्थक सम्झौता गर्नु नै बुद्धिमानी हुनेछ, हामी अझै पनि कूटनीतिक समाधानकै पक्षमा छौँ’, ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन लेविटले बताएकी थिइन् ।
‘बोर्ड अफ पिसको फेरिँदो भूमिका
सुरुमा गाजा युद्ध अन्त्यका लागि बनाइएको यो बोर्ड अहिले ट्रम्पको विदेश नीतिको मुख्य केन्द्र बनेको छ। दुई दर्जन देशहरू सम्मिलित यो बोर्डले संयुक्त राष्ट्र संघ ९ग्ल्० लाई नै छायामा पार्न खोजेको विश्लेषण गर्न थालिएको छ।

