काठमाडौं । नेपाली बजारमा सोमबार (फागुन २५) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा तीन हजार ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको तीन लाख १३ हजार २०० रुपैयाँ कायम छ । आइतबार (आज) छापावाल सुन प्रतितोला तीन लाख १६ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला पाँच हजार ४१० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला पाँच हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो ।