काठमाडौं । नेपाली बजारमा शुक्रबार (फागुन २९) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको तीन लाख १४ हजार २०० रुपैयाँ कायम छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला तीन लाख १७ हजार रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला पाँच हजार ४९५ रुपैयाँ खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला पाँच हजार ५१५ रुपैयाँ कारोबार भएको थियो ।