
काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य सामान्य घटबढ भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार (चैत २) सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो ।
आजको मूल्य प्रतितोला तीन लाख नौ हजार ५०० रुपैयाँ कायम छ ।
अघिल्लो दिन तीन लाख नौ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेको छ ।
हिजो प्रतितोला पाँच हजार २७० रुपैयाँमा किनबेच भएको चाँदी आजका लागि पाँच हजार २६५ रुपैयाँ तोकिएको छ ।
