काठमाडौँ । खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ । खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा काठमाडौंबाट शव लिएर पुगेको हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको हो ।
वडा नम्बर २ का एकजना स्थानीयको शव बोकेर पुगेको एयर डाइनेस्टीको हेलिकप्टर अवतरणपछि दुर्घटनामा परेको हो ।
उक्त हेलिकप्टरमा सवार यात्रु र शव निकालिसकेपछि दुर्घटनामा परेको हो । अस्थायी हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टर पल्टिएको हो ।

