काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश गरिने बताएका छन्।

सामाजिक सञ्जाल एक्समार्फत उनले पार्टीको पराजयप्रति सभापति थापाले ‘नैतिक जिम्मेवारी लिन्छु’ भन्ने धारणा सकारात्मक भए पनि वर्तमान अवस्थामा मुख्य दायित्व पार्टीलाई सम्हाल्नु रहेको उल्लेख गरेका छन्।

शर्माका अनुसार बैठकमा प्रारम्भिक समीक्षा, राजीनामा पत्र र सो राजीनामा अस्वीकृत गर्ने प्रस्तावमाथि छलफल गरिनेछ।

उनले संकटको समयमा नेतृत्वमाथि मात्र दोष थोपर्नु उचित नहुने भन्दै अहिले पार्टीलाई सुदृढ बनाउनेतर्फ ध्यान दिनुपर्ने बताएका छन्।