काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा आजदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान ८ बजेदेखि हुने भएको छ।

कांग्रेस विशेष महाधिवेशन भ्रातृ तथा शुभेच्छुक संस्था समन्वय विभागकी संयोजक तथा कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमका अनुसार बन्दसत्र बिहान ८ बजेदेखि सुरु हुनेछ। बन्दसत्रमा सहभागीहरूलाई नौ वटा समूहमा विभाजन गरी छलफल गरिने उनले जानकारी दिइन्। बन्दसत्रका लागि प्रस्तुत गरिएको कार्यविधिमाथि विस्तृत छलफल गरी निष्कर्षमा पुगिने गौतमको भनाइ छ।

उनका अनुसार बन्दसत्रमा जेन्जी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम, जनचाहनाअनुसार नेपाली कांग्रेसलाई कुन दिशामा अगाडि लैजाने भन्ने विषयमा बृहद् छलफल गरिनेछ।

बन्दसत्रको अध्यक्षता भने पार्टीका ज्येष्ठ सदस्यले गर्ने तय भएको छ।