उपसभापति विश्वप्रकाश शर्माले भावी प्रधानमन्त्रीको उम्मेदवारको रूपमा थापाको नाम प्रस्ताव पेश गरेका थिए । शर्माको प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको प्रवक्ता चालिसेले बताएका छन ।
मुलुकको विशिष्ट परिस्थितिको मागलाई सही ढङ्गले सम्बोधन गर्ने जमर्कोको रूपमा लिन कांग्रेसले आग्रह गरेको छ । उपसभापति शर्माले थापाको नेतृत्वमा कांग्रेसले परिवर्तनको समय र स्वरलाई ‘डाइनामिक ढङ्गले’ अघि बढाउन सक्ने विश्वास व्यक्त गरे।

