काठमाडौं । न्युजिल्यान्डविरुद्धको टी-२० सिरिजमा भारतले ४-१ को जित निकालेको छ। पाँच खेलको टी-२० सिरिजमा भारतले उपाधि उचालेको हो।

सिरिजको अन्तिम अर्थात् पाँचौ खेलमा शनिबार भारत न्युजिल्यान्डमाथि ४६ रनले विजयी भयो। टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २७१ रन बनाएको थियो।

भारतले दिएको २७२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९ दशमलव ४ ओभरमा अलआउट हुँदा २२५ रन मात्र बनेको थियो।

भारतका लागि शानदार ब्याटिङ गर्दै ईशान किशनले ४३ बलमा १०३ रन बनाए। उनले ४२ बलमा कीर्तिमानी शतकसमेत न्युजिल्यान्डविरुद्ध बनाए। अन्तिम खेलमा भारतका कप्तान सूर्यकुमार यादवले ३० बलमा ६५ रन बनाए।