काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो तयारी र आधिकारिक धारणा सार्वजनिक गरेको छ। पार्टीका प्रेस संयोजक मीनबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा निर्वाचनलाई गम्भीरताका साथ नियालिरहेको उल्लेख गर्दै विभिन्न पक्षमा ध्यानाकर्षण गराएको छ।

एमालेले निर्वाचन प्रचारप्रसारका क्रममा भ्रामक सामग्री र मर्यादाविपरीत अभिव्यक्तिको विरोध गर्दै त्यस्ता गतिविधि रोक्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ। साथै, शान्तिपूर्ण र निष्पक्ष मतदानका लागि सुरक्षित वातावरण सुनिश्चित गर्न सरकारसँग माग गर्दै आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।

कार्यक्रममा उपाध्यक्ष राम बहादुर थापा, प्रचार विभाग प्रमुख मिन बहादुर शाही, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे, उपाध्यक्ष चेतन अधिकारी, महासचिव हिरामान लामा सहित विभिन्न सञ्चार गृहका पत्रकारहरुको सहभागिता रहेको थियो ।