काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा जनविश्वास घटेपछि मेयर बालेन्द्र शाह (बालेन) झापातिर आएको टिप्पणी गरेका छन्। सोमबार झापामा आयोजित मतदाता भेटघाट कार्यक्रममा उनले काठमाडौंमा जितेका व्यक्ति पुनः त्यहीँबाट चुनाव लड्न नसक्नुको कारणबारे प्रश्न उठाए।

ओलीले सामाजिक न्याय र समानताको आधारमा सामाजिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउनुपर्नेमा जोड दिँदै मधेशी–पहाडी जस्ता विभाजनकारी कुरा नगर्न आग्रह गरे। देश जातले होइन, विचार, नीति, योजना र प्रयासले बन्ने उनको भनाइ थियो।