FILE PHOTO: Gold bangles are displayed at a jewellery store in Mumbai, India, March 20, 2025. REUTERS/Francis Mascarenhas/File Photo

काठमाडौं। फागुन महिनाको पहिलो कारोवार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तीन हजार रुपैयाँले घटेको हो।

बिहीबार ३ लाख ६ हजार ५ सय रुपैयाँमा कारोवार भएको सुन आज घटेर ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ। यस्तै आज चाँदीको मूल्य पनि घटेको छ।

महासंघका अनुसार चाँदी आज ३४० रुपैयाँले घटेर ५ हजार रुपैयाँमा कारोवार भैइरहेको छ। बिहीबार चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा खरिदबिक्री भएको थियो।