काठमाडौँ- गृह मन्त्रालयले धादिङमा भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ।

आइतबार राति बेनिघाट रोराङ्ग गाउँपालिका- ५ स्थित भैंसेगौडाबाट त्रिशूली नदी किनारमा खसेको पोखराबाट काठमाडौँ आउँदै गरेको ग२ख १४२१ नम्बरको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको छ।

१७ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो।

घटनापछि गृहमन्त्री ओम प्रकाशसहित सरोकारवाला निकायबीच बैठक बसेर छानबिन समिति बनाउने निर्णय गरिएको हो।

दुर्घटनामा घाइते २६ जनाको कलंकीस्थित नेशनल अस्पताल र ट्रमा सेन्टरमा उपचार भइरहेको छ।