FILE PHOTO: Gold bangles are displayed at a jewellery store in Mumbai, India, March 20, 2025. REUTERS/Francis Mascarenhas/File Photo

काठमाडौंं । नेपाली बजारमा मंगलबार (आज) सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा १३ सय रुपैयाँले बढेको हो ।

आजका लागि सुनको मूल्य तीन लाख १४ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ ।

अघिल्लो दिन तीन लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला पाँच हजार ५८५ रुपैयाँ कायम भएको छ ।

हिजो पाँच हजार ५९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।