काठमाडौँ । कैलाली निर्वाचन क्षेत्र नम्बर- ५ का नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका उम्मेदवार जगन्नाथ चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।

मंगलबार रास्वपाको धनगढीस्थित कार्यालयमा पुगेर नाउपा छाडेको घोषणा गर्दै रास्वपा प्रवेश गरेका थिए। उनलाई रास्वपा केन्द्रीय सदस्य लक्ष्मण थारु र रास्वपा उम्मेदवार डाक्टर आनन्दबहादुर चन्दले स्वागत गरेका थिए।

उम्मेदवार चौधरीले रास्वपा र नाउपा नेपालको मुद्दा मिलेकाले रास्वपामा समाहित भएको बताए।

नाउपा नेपालका उम्मेदवार चौधरी २०७९ को चुनावमा कैलाली(५ बाट उम्मेदवार थिए। उनले पाँच हजार मत पाएका थिए।