काठमाडौँ। नेपालको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने उद्देश्यका साथ चीनबाट ठूलो संख्यामा पर्यटक भित्र्याउने विशेष योजना सार्वजनिक गरिएको छ। चीनको राजधानी बेइजिङस्थित नेपाली दूतावासमा आयोजित एक भव्य समारोहका बीच १० हजार व्यक्तिको नेपाल यात्रा नामक चार्टर उडान परियोजनाको औपचारिक घोषणा गरिएको हो।

सन् २०२६ लाई लक्षित गरी तयार पारिएको यस परियोजनाले चिनियाँ पर्यटकहरूलाई विशेष विमान  मार्फत सिधै नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरूमा ल्याउने लक्ष्य राखेको छ।

कहिले र कहाँबाट सुरु हुन्छ ?
यो परियोजनाको कार्यान्वयन आगामी अप्रिल २०२६ देखि सुरु हुने गरी कार्यतालिका बनाइएको छ। चीनका विभिन्न प्रमुख सहरहरू जस्तै बेइजिङ, सांघाई, र छेन्दुबाट चार्टर उडानहरू काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। चिनियाँ लगानीकर्ता र पर्यटन व्यवसायीहरूको समूहले यसका लागि आवश्यक प्रक्रिया अघि बढाइसकेका छन्।