काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को गेट अगाडि क्लबहरूले नाराबाजी गरेका छन्।

एन्फाले हालै सार्वजनिक गरेको सहिद स्मारक ‘ए’ डिभिजन लिगको कार्यतालिकाप्रति असन्तुष्टि जनाउँदै क्लबहरूले नाराबाजी गरेका हुन्।

‘मनपरी तालिका मान्य छैन’ भन्दै विभिन्न क्लब र समर्थकहरूले आज नाराबाजी गरेका हुन्।