काठमाडौँ। सिंहदरबारमा संघीय संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक जारी रहेको छ। बैठकको अध्यक्षता ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसी ले गरिरहेका छन्।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक नेकपा (एमाले)श्रम संस्कृति पार्टी का सांसदहरू ढिला पुगेपछि करिब आधा घण्टा ढिला गरी सुरु भएको हो।

बैठकमा सोबिता गौतम समेत सहभागी रहेकी छन्। बैठकमा संसद सञ्चालन, कार्यसूची तय गर्ने तथा राजनीतिक सहमति निर्माणका विषयमा छलफल भइरहेको जनाएको छ।

फागुन २१ गते सम्पन्न निर्वाचनपछि आज पहिलो पटक सर्वदलीय बैठक बसेको हो। भोलि १९ चैत दिउँसो २ बजेका लागि संघीय संसदको पहिलो बैठक बोलाइएको छ, जसले नयाँ राजनीतिक अध्यायको औपचारिक सुरुआत गर्ने अपेक्षा गरिएको छ।