काठमाडौं । साताको पाँचौँ कारोबार दिन बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३६ सय रुपैयाँले घटेको हो। बुधबार प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ९४ हजार रुपैयाँमा कायम भएको छ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला १६५ रुपैयाँले घटेर ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ६० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य ४ हजार ९८ रुपैयाँ कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको बताइएको छ।

