काठमाडौं । व्यवसायी दीपक भट्टलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार (चैत १९) दिउँसो नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

सीआईबीका प्रमुख एवं एआईजी मनोज केसीले उनी पक्राउ परेको र कार्यालय लगिँदै गरेको जानकारी दिए । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धानका निम्ति पक्राउ गरिएको जनाइएको छ ।