काठमाडौं । पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक लाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले थप दुई दिनको म्याद दिएको छ।
काठमाडौं जिल्ला अदालत का न्यायाधीश विष्णुप्रसाद अवस्थी को इजलासले दुवै नेतामाथि भइरहेको अनुसन्धानलाई निरन्तरता दिन म्याद थप गर्ने आदेश जारी गरेको हो।
सुनुवाइका क्रममा ओलीलाई भर्चुअल माध्यममार्फत अदालतमा उपस्थित गराइएको थियो। बयानका क्रममा उनले आफ्नो स्वास्थ्यमा समस्या रहेको जानकारी गराएका थिए।
अदालतले आफ्नो आदेशमा बयान प्रक्रिया सकिएपछि ओलीको स्वास्थ्यमा कुनै असर नपर्ने गरी अनुसन्धान अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
यस प्रकरणमा अनुसन्धान जारी रहेको छ भने थप विवरण आउन बाँकी रहेको बताइएको छ।

