काठमाडौं। सोमबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला २६ सय रुपैयाँले घटेर दुई लाख ९१ हजार ४०० रुपैयाँमा कायम भएको छ।

अघिल्लो दिन सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ५० रुपैयाँले घटेर चार हजार ७८० रुपैयाँमा निर्धारण गरिएको छ। हिजो चाँदी चार हजार ८३० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण स्थानीय बजारमा पनि मूल्यमा उतारचढाव देखिएको महासंघले जनाएको छ।