काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शेयर बजार सुधारका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। आइतबार स्टक ब्रोकर एशोसिएसनसँगको भेटमा उनले बजारबारे फैलाइएका अफवाहमा नलाग्न सबैलाई आग्रह गरे।

उनले सरकारले नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन सुशासनमा जोड दिइरहेको उल्लेख गर्दै अपराधमा संलग्नलाई उन्मुक्ति नदिने तर प्रतिशोधपूर्ण कारबाही पनि नगर्ने स्पष्ट पारे।

अर्थमन्त्री वाग्लेले आगामी बजेट २०४८ यताकै ऐतिहासिक र रूपान्तरणकारी हुने दाबी गर्दै सरकार निजी क्षेत्रमैत्री रहेको बताए। साथै, अब नेपालको अर्थतन्त्रका लागि सकारात्मक समय सुरु हुन लागेको उनको भनाइ छ।