काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन्।
रास्वपाले मन्त्री साहको पदीय मर्यादाको दुरुपयोग र स्वास्थ्य बिमा बोर्डको सदस्य रहेकी श्रीमतिलाई नियमित काममा सक्रिय गराएको घटनाका कारण पार्टीको छवि र आदर्शमा नकारात्मक प्रभाव परेको भन्दै कारबाहीको सिफारिस गरेको थियो।
प्रधानमन्त्री शाहले यस सिफारिसको आधारमा साहलाई पदमुक्त गरेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहतालाई पनि सचेत गराइएको जनाइएको छ।

