रामचन्द्र पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ बजे संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभालाई सम्बोधन गर्दैछन् ।

संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार, गत फागुन २१ मा सम्पन्न निर्वाचनपछि यो पहिलो अधिवेशन हो । संविधानअनुसार राष्ट्रपतिले संसद्को अधिवेशन सुरु गर्दै सम्बोधन गर्ने व्यवस्था छ ।

यो सम्बोधनले देशको समग्र अवस्था र नीतिगत दिशाबारे जानकारी दिनेछ ।