काठमाडौँ — प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज निर्वाचन हुँदै साँझ नै शपथ ग्रहण गराइने भएको छ। राष्ट्रपतिको कार्यालयका अनुसार उपसभामुखलाई आज साँझ ६ बजे पद तथा गोपनीयताको शपथ खुवाइने कार्यक्रम तय गरिएको छ।
प्रतिनिधिसभाको बैठक आज अपराह्न ४ बजे बस्दैछ, जसबाट उपसभामुख चयन गरिनेछ। सत्तापक्षको समर्थन जुटाउँदै श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर उपसभामुख बन्ने सम्भावना उच्च देखिएको छ। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीको समेत साथ रहने बताइएको छ।
यता, प्रमुख प्रतिपक्षी धारबाट राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामा पनि उपसभामुख पदका लागि उम्मेदवार बनेकी छन्।
आजको निर्वाचनले प्रतिनिधिसभाको नेतृत्व संरचना पूर्णता पाउने अपेक्षा गरिएको छ।