काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार हुने सेयरमा नयाँ नियम लागू हुने भएको छ। ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ अन्तर्गत संशोधित व्यवस्था आगामी सोमबारदेखि कार्यान्वयनमा आउने जनाइएको छ।
नयाँ प्रावधानअनुसार अब नेप्सेमा सूचीकृत कम्पनीहरूको दैनिक सेयर मूल्य उतारचढावको सीमा (प्राइस लिमिट) १५ प्रतिशत कायम गरिएको छ। यसअघि यस्तो सीमा १० प्रतिशतमा सीमित थियो।
यससँगै अब लगानीकर्ताले एकै दिनमा सेयर मूल्य १५ प्रतिशतसम्म बढ्न वा घट्न सक्ने अवस्था देख्नेछन्। बजारको गतिशीलता बढाउने र लगानीकर्तालाई थप अवसर प्रदान गर्ने उद्देश्यले सीमा विस्तार गरिएको बताइएको छ।
नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार संशोधित व्यवस्था वैशाख ७ गतेदेखि लागू हुनेछ।
विशेषज्ञहरूले भने प्राइस लिमिट बढेसँगै बजारमा जोखिम र अवसर दुवै बढ्ने भएकाले लगानीकर्तालाई सचेत भएर निर्णय लिन सुझाव दिएका छन्।

