काठमाडौं । गगन थापाले सर्वोच्च अदालतले विशेष महाधिवेशन र नयाँ नेतृत्वलाई दिएको मान्यताको स्वागत गरेका छन्।
सर्वोच्चको आदेशपछि सञ्चारमाध्यमसँग कुरा गर्दै उनले अदालतको निर्णय सबैले स्वीकार गर्नुपर्ने बताए। “सर्वोच्च अदालतको आदेशलाई हामी सबैले स्वीकार गर्नुपर्छ,” उनले भने, “अब पार्टीको जिम्मेवारीबोध गरेर हामी अघि बढ्नुपर्छ।”
थापाले अदालतमा मुद्दा विचाराधीन रहेको कारण केही असहजता देखिएको उल्लेख गर्दै अब सबै पक्षलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाए। “अब मैले सबैलाई समेटेर अघि बढ्नुपर्छ, पार्टीलाई एकताबद्ध बनाउनु मेरो जिम्मेवारी हो,” उनले भने।
सर्वोच्चको फैसलासँगै कांग्रेसभित्रको विवाद अन्त्य भएको सन्दर्भमा उनले एकता र सहकार्यमा जोड दिएका छन्।

