काठमाडौं – देशका विभिन्न भूभागमा आज फरक–फरक मौसमको अवस्था रहने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी र हिमाली क्षेत्रमा बादलसँगै हल्का वर्षा र हिमपातको सम्भावना हुँदा तराईका केही क्षेत्रमा उच्च गर्मी हुने देखिएको छ।

मधेस, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा तापक्रम बढ्ने सम्भावना छ भने कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ।

यी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ। साथै कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा पनि एक–दुई स्थानमा यस्तै मौसमको सम्भावना रहेको छ।