काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड ले गृहमन्त्री सुधन गुरुङ को राजीनामालाई सकारात्मक रूपमा टिप्पणी गरेका छन्।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले उठेका विवादपछि राजीनामा दिनु उचित कदम भएको बताएका हुन्। “जे गरे, राम्रो गरे,” उनले छोटो प्रतिक्रिया दिएका छन।

सेयर लगानीसम्बन्धी विवादमा तानिएपछि गृहमन्त्री गुरुङले बुधबार नैतिकताको आधारमा पदबाट राजीनामा दिएका थिए। उनको राजीनामालाई लिएर राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया आइरहेका छन्।

प्रचण्डको यो टिप्पणीले विवादमा परेका सार्वजनिक पदाधिकारीले नैतिक जिम्मेवारी वहन गर्नुपर्ने संकेत गरेको रूपमा व्याख्या गरिएको छ।