काठमाडौं– थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आएका सुकुम्वासीहरूले आफ्नो बस्ती खाली गर्न सुरु गरेका छन्। प्रहरीले बिहीबार बेलुकी माइकिङ गर्दै तत्काल बस्ती छाड्न आग्रह गरेपछि स्थानीयहरू घर सामान सार्न व्यस्त भएका हुन्।

प्रहरीले सम्भावित अवरोध र झडप टार्न क्षेत्र वरपर सुरक्षा व्यवस्था कडा बनाएको छ। माइकिङमार्फत् दिइएको सूचनापछि केही परिवारले स्वेच्छाले बस्ती छाड्न थालेका छन् भने केही अझै अन्योलमा देखिएका छन्।

यसअघि बुधबार गृहमन्त्री पदबाट सुधन गुरुङले राजीनामा दिएपछि प्रधानमन्त्री बालेन शाहले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै सुकुम्वासी बस्ती हटाउने विषयमा कडा निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार प्रशासनले तत्काल कार्यान्वयन अघि बढाएको जनाएको छ।

बस्ती खाली गराउने क्रममा मानवीय व्यवस्थापन र वैकल्पिक बसोबासको विषयमा भने स्पष्ट योजना सार्वजनिक नभएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।
सरकारले भने नदी किनार अतिक्रमण हटाएर वातावरणीय सन्तुलन कायम गर्ने र सार्वजनिक जग्गा संरक्षण गर्ने उद्देश्यले अभियान अघि बढाइएको जनाएको छ।