काठमाडौं । स्थानीय बजारमा आइतबार (वैशाख १३) सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँले वृद्धि भएको हो ।

आज छापावाल सुन प्रतितोला २ लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार (वैशाख ११) सोही सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ । चाँदी तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ९९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धिको प्रभाव स्थानीय बजारमा समेत परेको व्यवसायीहरूले बताएका छन् ।