
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि चाँदीको तुलामा सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँ घटाएर २ लाख ९७ हजार ५ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन यो ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो।
गत मंगलबार सुनको मूल्य ३ लाख १ हजार ३ सय रुपैयाँ थियो। यसअघि गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्चांक ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड कायम छ।
चाँदीको भाउ पनि घटेको छ। अघिल्लो दिन ५ हजार ४५ रुपैयाँ रहेको चाँदी आज प्रतितोला १०० रुपैयाँ सस्तो भएर ४ हजार ९४५ रुपैयाँमा झरेको महासंघले जानकारी दिएको छ। गत मंगलबार चाँदी ५ हजार १६० रुपैयाँमा कारोबार भएको थियो।
