काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प का दक्षिण तथा मध्य एसियाका विशेष दूत सर्जियो गोर तीन दिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुग्ने भएका छन्।
यसअघि अमेरिकी सहायक विदेशमन्त्री एस पावल कपुर को भ्रमण सम्पन्न भएर फर्किएको केही समयमै गोरको नेपाल भ्रमण हुन लागेको हो, जसलाई कूटनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ।
भ्रमणका क्रममा दूत गोरले अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल सँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह सँग भने हालसम्म औपचारिक भेटको समय निर्धारण नभएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।
दक्षिण एशियाका विभिन्न देशहरूको भ्रमण सकेर नेपाल आइपुग्न लागेका गोरको यस भ्रमणलाई विशेषतः लगानी प्रवर्द्धन, आर्थिक सहकार्य विस्तार तथा द्विपक्षीय सम्बन्ध सुदृढीकरणसँग जोडेर हेरिएको छ।
नेपाल–अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित हुने भेटवार्तामा व्यापार, पूर्वाधार विकास तथा क्षेत्रीय सहकार्यका विषयहरूमा पनि छलफल हुने अपेक्षा गरिएको छ।