काठमाडौं । रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका छन्। यससँगै सरकारद्वारा सिफारिस गरिएका सबै अध्यादेशहरू औपचारिक रूपमा कार्यान्वयनमा आएका छन्।
यसअघि राष्ट्रपतिले सो अध्यादेश पुनर्विचारका लागि सरकारसमक्ष फिर्ता पठाएका थिए। तर सरकारले पुनः सोही अध्यादेशलाई जस्ताकोतस्तै रूपमा सिफारिस गरेपछि मंगलबार राष्ट्रपतिबाट स्वीकृत गरिएको हो।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशलाई परिवर्तन नगरी पुनः पेश गर्ने निर्णय गरेको थियो। त्यसपछि राष्ट्रपतिबाट अन्ततः अध्यादेश जारी गरिएको हो।
यसअघि सरकारद्वारा सिफारिस गरिएका अन्य सात अध्यादेशहरू भने राष्ट्रपतिले पहिले नै स्वीकृत गरिसकेका थिए। अब आठ वटै अध्यादेश लागू भएसँगै सरकारले कानुनी तथा प्रशासनिक प्रक्रियामा तीव्रता ल्याउने अपेक्षा गरिएको छ।

