काठमाडौं । बिर्तामोडका सुकुम्वासीहरूले डोजर अभियानको विरोध गर्दै बुधबारदेखि आन्दोलन सुरु गरेका छन्। उनीहरूले वर्षौँदेखि बसोबास गर्दै आएको स्थानमै धनीपुर्जा पाउनुपर्ने र घर–टहरा भत्काउने कार्य तत्काल रोक्न माग गरेका छन्।

भूमिहीन–सुकुम्वासी संयुक्त संघर्ष समितिले बिर्तामोड नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै वास्तविक सुकुम्वासीलाई जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउन र भू–माफियामाथि कारबाही गर्न आग्रह गरेको छ। डोजर अभियानले नागरिकको आवास अधिकार हनन भएको भन्दै उनीहरूले कडा विरोध जनाएका छन्।

माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिइएको छ।