काठमाडौँ । दक्षिण एसियाली महिला फुटबलकै सबैभन्दा ठूलो उत्सव साफ महिला च्याम्पियनसिपको आठौँ संस्करण आजदेखि भारतको गोवामा सुरु हुँदैछ। विगतका संस्करणहरूमा पटक-पटक उपविजेतामै चित्त बुझाएको नेपाली महिला राष्ट्रिय टोली यसपटक ऐतिहासिक उपाधि जित्ने दृढ लक्ष्यका साथ मैदान उत्रँदैछ।

नेपालले आज आफ्नो पहिलो खेलमा भुटानको सामना गरेर प्रतियोगिताको सुरुवात गर्नेछ। खेल नेपाली समयअनुसार दिउँसो ४:४५ बजे सुरु हुने छ ।

नेपाली टोलीका लागि यसपटक सबैभन्दा ठूलो चुनौती र परिवर्तन भनेको प्रमुख फरवार्ड तथा स्टार गोलकर्ता सावित्रा भण्डारी ‘साम्बा’ को अनुपस्थिति हो। साम्बा बिना नै मैदान उत्रन लागेको नेपाली टोलीको कप्तानीको जिम्मेवारी पुनः अनुभवी गोलकिपर एन्जिला तुम्बापो सुब्बाले सम्हालेकी छिन्। कप्तान एन्जिलाले साफ महिला च्याम्पियनसिपमा तेस्रो पटक टोलीको नेतृत्व गर्न लागेकी हुन्।

साम्बाको अनुपस्थितिमा नेपालको आक्रमण सम्हाल्ने नयाँ रणनीति र भुटानको बलियो बन्दै गएको रक्षापंक्तिबीचको भिडन्त आजको खेलको मुख्य रोचक पक्ष हुनेछ।