काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज (आइतबार) बस्दैछ। संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। आजको बैठकमा नियमावली परिमार्जन, नयाँ विधेयक दर्ता र अन्तर्राष्ट्रिय महासन्धिहरू पेस गर्ने लगायतका महत्त्वपूर्ण कार्यसूची रहेका छन्।
प्रतिनिधि सभा नियमावली २०८३ पारित गरिने
आजको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि दफावार छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
अर्थमन्त्रीद्वारा ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक’ पेस गरिँदै
आजको बैठकमा आर्थिक क्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विधेयक पनि पेस हुनेछ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। अनुमति पाएसँगै अर्थमन्त्री वाग्लेले उक्त विधेयक बैठकमा पेस गर्नेछन्।
श्रम सम्बन्धी दुई अन्तर्राष्ट्रिय महासन्धि पेस हुने
यसैगरी, बैठकमा श्रम तथा रोजगार क्षेत्रसँग जोडिएका अन्तर्राष्ट्रिय महासन्धिहरू पनि टेबल गरिनेछ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले बैठकमा निम्नलिखित महासन्धि र प्रोटोकल पेस गर्ने कार्यसूची रहेको छ:
दिउँसो १ बजे सुरु हुने यस बैठकमा यी कार्यसूचीहरूमाथि संसद्मा व्यापक छलफल हुने संसद् सचिवालयले जनाएको छ।

