काठमाडौँ । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन दोस्रो दिन प्रवेश गरेको छ। महाधिवेशन स्थल र आसपासका क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउँदै सुरक्षाकर्मीहरूको उपस्थितिलाई बढाइएको छ।
पार्टीको पहिलो महाधिवेशन आइतबारदेखि सुरु भएको हो भने कार्यक्रम मंगलबारसम्म सञ्चालन हुने कार्यतालिका छ। दोस्रो दिन बन्दसत्रमार्फत पार्टीको सांगठनिक संरचना, भावी कार्यदिशा तथा विभिन्न नीतिगत विषयमा प्रतिनिधिहरूबीच छलफल भइरहेको छ।
महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरूको सहभागिता रहेको छ। कार्यक्रमलाई व्यवस्थित र सुरक्षित बनाउन स्थानीय प्रशासन तथा सुरक्षा निकायले आवश्यक समन्वय र निगरानीलाई निरन्तरता दिएका छन्।
रास्वपाले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनमार्फत संगठन सुदृढीकरण, नीतिगत स्पष्टता र आगामी राजनीतिक रणनीतिबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

